आपसी विवादपछि सुप एमाले संसदीय दलको बैठक स्थगित

पाेखरा न्यूज । नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि आजका लागि बोलाइएको सुदूरपश्चिम आपसी विवादपछि स्थगित भएको छ ।

आज स्थगित भएको दलको बैठक बुधबार बिहान साढे ८ बजे बोलाइएको एमाले संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले जानकारी दिनुभयो । उहाँले बैठकमा एमालेका सबै सदस्यलाई खबर गरिएको जानकारी दिनुभयो । आजको बैठकमा नेता माधकुमार नेपाल पक्षका सांसदलाई मात्रै खबर गरिएको थियो । बुधबार हुने बैठकमा आफूहरूलाई पनि खबर आएको संस्थापन पक्षका सांसद एवं एमाले कैलालीका अध्यक्ष रतन थापाले बताउनुभयो ।

नेता भीमबहादुर रावलनिकट भएका कारण दलको नेता अहिलेकै सरकारलाई समर्थन दिने मनसायमा रहेको नेपाल समूहकै केही नेताहरू बताउँछन् तर, केही नेपाल पक्षकै केही सांसदहरू भने पार्टी केन्द्रको निर्देशन पालना गर्नुपर्नेमा जोड दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button