पोखरा न्यूज । पोखरामा उपचारका क्रममा मृत्यु भएकी ४५ दिने बालिकाको परिवारलाई निःशुल्क एम्बुलेन्स अभियान अन्तर्गतको कोभिड हेल्पलाइन पोखराले खाद्यान्न सहयोग गरेको छ ।
निःशुल्क प्राथमिक स्वास्थ्य तथा एम्बुलेन्स सेवा दिने उद्देश्यले शुरु भएको कोभिड हेल्पलाइन पोखराले गण्डकी अस्पतालमा उपचारको क्रममा निधन भएकी पोखरामहानगरपालिका २८ आरुपाटाकी बालिका इशा वि.कका परिवारलाई भेटेर सहयोग गरेको हो ।
विपन्न परिवारमा अन्य सदस्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेको बेला अन्यत्रबाट पनि सहयोग जुटोस् भनेर चामल, दाल लगायतका खाद्यान्न सामग्री सहयोग गरेको कोभिड हेल्पलाइन पोखराका संयोजक देवेन्द्रराज सुबेदीले बताउनुभयो ।
“हामीले पोखराबाट पनि नि:शुल्क एम्बुलेन्स अभियान सञ्चालन गरेका छौँ, विपन्न वर्गकी बालिकाको दुखद निधनबाट बज्रपात परेको थोरै भएपनि सहयोगको शुरुवात होस् भन्ने हेतुले गाउँ घरमै पुगेर थोरै भएपनि सहयोग गरेका हौ’, संयोजक सुबेदीले भन्नुभयो ।
संस्थाका सहसंयोजक अविशेक भण्डारी, सदस्यहरू आशिष कुवर, रोशन क्षेत्री, शैशव शर्मा र दीपा पौडेलको टोली पुगेर पोखरा २७ का वडा सदस्य शेखरनाथ लामिछाने र पोखरा २८ का नेकपा एमाले पार्टी अध्यक्ष भोलानाथ त्रिपाठीको रोहवरमा बि.क.को परिवारलाई ८ हजार बराबरको खाद्यान्न र नगद सहयोग गरेको उहाँले बताउनुभयो ।
सहयोग हस्तान्तरण गर्दै अध्यक्ष त्रिपाठीले संस्थाले कोभिडको समयमा निःशुल्क एम्बुलेन्स सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै विपन्न परिवारको अवस्था बुझी सहयोग गर्न आएकोमा धन्यवाद व्यक्त गर्नुभयो । वडा सदस्य लामिछानेले दुखमा सहयोग गर्नु मानवीय धर्म भएको भन्दै आफ्नो तर्फबाट नगर एक हजार उपलब्ध गराउनुभयो ।
कोरोना सङ्क्रमित भई निको भएकी बालिकामा पुनः स्वास्थ्य समस्या देखिएपछि मणिपाल अस्पताल लगेकोमा अस्पतालले बच्चाको उपचार गर्न ५ / ६ लाख लाग्ने बताउँदै गरिब भएको कारण देखाएर जेठ १६ गते डिस्चार्ज गरेको थियो ।
अन्तिम अवस्थामा उनलाई अभिभावकले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगेको भए पनि उपचारकै सिलसिलामामा ९ घण्टापछि उनको निधन भएको थियो ।
पूर्व आइजिपी सर्बेन्द्र खनालको परिकल्पनामा काठमाण्डौबाट शुरु भएको निःशुल्क प्राथमिक स्वास्थ्य तथा एम्बुलेन्स सेवा अभियान सुबेदीको संयोजनमा पोखरा जिरो किलोमिटर शान्तिनगर चोकमा हेल्प डेस्क खडा गरी सञ्चालन हुँदै आएको छ।
कोभिड १९ को विषम परिस्थितिमा अलपत्र परेका अथवा उपचार गराउन आउन नसकेका गरिब तथा विपन्न वर्गले हटलाइन नम्बर ९८१९१९३०४७ मा सम्पर्क गरी निःशुल्क प्राथमिक स्वास्थ्य तथा एम्बुलेन्स सेवा प्राप्त गर्न सक्ने संयोजक सुबेदीले बताउनुभयो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution