अन्तर्राष्ट्रियशिक्षा/स्वास्थ्यसमाचार

भारतमा दैनिक सङ्क्रमितको संख्या एक लाखभन्दा कम

पाेखरा न्यूज । भारतमा कोरोनाभाइरसको दोस्रो लहरबाट दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम हुन थालेको छ ।
सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ५९६ जना कोरोनाभाइरसबाट सङ्क्रमित थपिएका छन् ।

लामो समयपछि दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम भएको यो दोस्रो दिन भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा यसअघि मंगलबार सार्वजनिक गरिएको विवरणमा एक दिनमा ८६ हजार ४९८ जना सङ्क्रमित भएको देखाइएको थियो ।

त्यसैगरी त्योभन्दा अघिल्लो दिन सोमबार एक लाख ६३६ जना सङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमितहरुको कुल सङ्ख्या दुई करोड ९० लाख ८९ हजार ६९ पुगेको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १२ लाख ३१ हजार ४१५ रहेको छ ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या दुई करोड ७५ लाख चार हजार १२६ रहेको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी कोरोनाका कारण कुल दुई हजार २१९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या तीन लाख ५२ हजार ५२८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button