गण्डकीको मुख्यमन्त्रीमा गुरुङले असंवैधानिक दावी गरेको भन्दै ३१ सांसद धर्नामा

पोखरा न्यूज । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा पृथ्वीसुब्बा गुरुङले असंवैधानिक दावी गरेको भन्दै  विपक्षी गठबन्धनका सांसद गण्डकी प्रदेश प्रमुख निवासमा पुगेका छन् ।

आफुहरुले शुक्रबार नै  बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष निवेदन पेश गरेकोमा गुरुङले राजनीतिक बेइमानी गर्दै  असंवैधानिक तवरले  मुख्यमन्त्री पदमा दावी गरेको भन्दै गठबन्धनका ३१ सांसद गण्डकी प्रदेश प्रमुख निवासमा धर्ना दिन पुगेका हुन् ।

आफुहरुको निवेदनअनुसार सरकार गठन हुनुपर्ने माग राखी प्रदेश प्रमुखलाई भेट्न पुगेका  विपक्षी गठबन्धनका सांसदलाई प्रदेश प्रमुखको कार्यालय प्रवेशमा रोक लगाइएको छ । भित्र प्रवेश नपाएपछि उनीहरु अहिले गेटमै धर्ना बसेका छन् ।

मुख्यमन्त्रीमा  गुरुङको पुन: दाबीले प्रदेशमा नयाँ सरकार बनाउन नदिएर  संसदलाई  विघटनमा  लैजाने चलखेल देखिएको  भन्दैं त्यस्तो हुन नदिन आफुहरुले खबरदारी गरेको गठबन्धनबाट  प्रस्तावित मुख्यमन्त्रीका उम्मेद्वार कृष्णचन्द्र पोखरेलले बताउनुभयो।

संसदबाट विश्वास गुमाइसकेको सरकारले संसद विघटन गरेमा असंवैधानिक हुने समेत पोखरेलले बताउनुभयो।

शुक्रबार पोखरेलले काँग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद र स्वतन्त्र सांसद दीपक मनाङेसहितको समर्थनमा मुख्यमन्त्रीको लागि दावी पेश  गर्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button