गण्डकीका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने

पोखरा न्यूज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

नवनियुक्त मुख्यमन्त्री पोखरेलले सो बारे संसद सचिवालयमा सूचना दर्ता गराएर संसदलाई जानकारी समेत गराउनुभएको छ ।

संविधानको धारा १६८ (५) अनुसार शनिबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका उहाँले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक व्यवस्था रहेकोमा प्रदेशमा मन्त्रालय विभाजनमा देखिएको अन्यौलता हटाउन विश्वासको मत छिटै लिन लागिएको बताइएको छ ।

विश्वासको मत लिएपछि मात्रै बर्तमान मन्त्रीहरुको कार्यविभाजन र मन्त्रीपरिषद् थप विस्तार गर्ने योजनामा मुख्यमन्त्री पोखरेल रहनुभएको छ । आज संसद सचिवालयमा सूचना दर्ता भएसँगै ४ गते वा त्यसपछि मात्रै विश्वासको मत लिन मिल्छ । विश्वासको मत लिनुभन्दा दुई दिन अघि सरकारले संसदलाई  जानकारी दिनुपर्ने व्यवस्था रहेको छ ।

सरकारले विश्वासको मत लिनु अघि नै नीति तथा कार्यक्रम पारित गरि बजेट पेस गरेको छ । विश्वासको मत लिएपछि मात्रै बजेटमाथी थप छलफल प्रारम्भ गरिने भएको छ ।

हाल गण्डकी प्रदेशमा मुख्यमन्त्री बाहेक काँग्रेसबाट कुमार खड्का,नेकपा माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङलाई बिना बिभागीय मन्त्री बनाइएको छ ।

एघार मन्त्रालय रहेको प्रदेशमा थप मन्त्री नियुक्तीका लागि मुख्यमन्त्रीले राजनीतिक पार्टीभित्र छलफल चलाइरहनुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button