पाेखरामा ओलम्पिक दिवसको अवसरमा माउथाइ खेल प्रदर्शन

पाेखरा न्यूज । नेपाल माउथाई एशोसिएसन पोखराका खेलाडी तथा प्रशिक्षकहरुले ओलम्पिक दिवसकाे अवसर पारेर माउथाइ खेल प्रर्दशन गरि सम्पन्न गरेका छन ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तथा नेपाल ओलम्पीक कमिटिका उपाध्यक्ष तेजबहादुर गुरुङले गर्नुभएकाे थियाे । उपाध्यक्ष गुरुङले खेलाडीहरुलाई ओलम्पिक बारे जानकारी गराउदै राम्रो तालिम र राम्रो नतिजाको लागि आह्वान गर्नुभयाे ।

कार्यक्रमका विशेष अतिथि राष्ट्रिय खेलकुद परिषदका पुर्व मुख्य प्रशिक्षक एवम् पुर्व सदस्य, नेपाल ओलम्पिक कमिटि स्पोर्ट फर अल कमिसनका गण्डकीका पुर्व अध्यक्ष खड्गबहादुर रानाभाटले ओलम्पिक खेलाडीहरुको कु्म्भमेला भएकाले ओलम्पिक डेलाई सम्मान गरि एउटा पर्वको रुपमा मनाउन सम्पुर्ण खेलाडी, प्रशिक्षक र खेल संघहरु लाग्नु पर्ने वताउनु भयाे । खेलाडी, खेल आयोजक, संघका सदस्यहरु कुनैपनि व्यक्तिकाे झोला नबोकी आफ्नो स्वाभिमान, अनुशासन र गतिशिलतालाई अगाडी राखि देशको खेलकुदका लागि डटेर खटेर काम गर्नुपर्ने बताउनु भयाे ।

साे अवसरमा माउथाइ संघ पोखराका अध्यक्ष दिपक गोदारले ओलम्पिक दिवसमा प्राप्त यस अवसरको प्रशंसा गर्दै यस्ता दिवसहरुले खेलाडीहरुलाई पुनर्ताजगी गराउने जानकारी दिनुभयाे ।

उक्त कार्यक्रममा ३५ जान खेलाडी तथा प्रशिक्षकहरुकाे सहभागिता रहेकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button