मनाङको नाचैमा खाद्य संकट, १८२ नागरिकलाई छाक टार्न समस्या

पाेखरा न्यूज । मनाङ जिल्लाको नासोँ गाउँपालिका–२ नाचैमा खाद्य सङ्कट आएको छ । हालैको भिषण वर्षाका कारण सडक, पुल बगाएपछि सबै क्षेत्रबाट सम्बन्ध विच्छेद हुँदा यहाँ खाद्य सङ्कट आएको हो । खाद्य सङ्कटका कारण १८२ नागरिकलाई छाक टार्न समस्या भएको छ ।

मस्र्याङ्दी नदीमा आएको बाढीपहिरोले यस गाउँपालिका—२ नाचैबाहेक आठवटै वडामा निकै क्षति पुर्‍ याएको छ । बाढीपहिरो पीडितका लागि विभिन्न निकायबाट खाद्यान्नको व्यवस्था भए पनि ढुवानी हुन नसक्दा खाद्यान्न अभाव भएको वडा नं २ का अध्यक्ष भीमबहादुर गुरुङले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button