बाग्लुङका युवककाे साइकलबाट लडेर बेलायतमा मृत्यु

पोखरा न्यूज । बेलायतको नटिङघ शहरमा बस्दै आएका एक युवकको साइकलबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा बाग्लुङ गल्कोट नगरपालिका बडागाउँ स्थायी घर हाल सो शहरमा बस्दै आउनुभएका ३४ वर्षीय बद्री चालिसे रहेका छन् ।

उहाँ भलिबल खेलेर फर्केने क्रममा रोबिनहुड विद्यालय नजीक साइकल पल्टिदा घाइते बन्नुभएको थियो । टाउकामा गम्भीर चोट लागेर उहाँको क्विन्स मेडिकल सेन्टर नटिङघमको सघन उपचारका क्रममा उपचारकै क्रममा निधन भएको हो । उहाँ आफ्नो श्रीमतीसहित सन् २००९ देखि सो शहरमा बस्दै आउनुभयो थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button