एसएसओसी र फिफा कतार बीच सुरक्षा अवधारणामा हस्ताक्षर

तिलु शर्मा पौडेल, दोहा कतार l फिफा वर्ल्ड कप कतार २०२२ को सुरक्षा र सतर्कता सञ्चालन समिति (एसएसओसी) र फिफाले आधिकारिक फिफा वर्ल्ड कप कतार २०२२ को अपरेसन सम्बन्धी सुरक्षा अवधारणामा हस्ताक्षर गरेका छन् ।

दोहा स्थित कतारको गृह मन्त्रालयको मुख्यालयमा भएको एक कार्यक्रमका बीच उक्त सम्झौता पत्रमा एसएसओसी अध्यक्ष मेजर जनरल इन्जिनियर अब्दुलाजीज अब्दुल्लाह अल अन्सारी र सुरक्षा तथा सतर्कता निर्देशक हेल्मुट स्पहानले हस्ताक्षर गर्नु भएको हो l

उक्त सम्झौताले वल्डकपको सुरक्षासम्बन्धी सबै रूप रेखालाई समेट्ने सार्वजनिक सम्बन्ध विभाग द्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ l सम्झौताले एसएसओसी, फिफा, डेलिभरी एन्ड लिगेसी सुप्रीम कमिटी र फिफा वर्ल्ड कप कतार २०२२ बीच संयुक्त रूपमा विकसित गरिएको जनाइएको छ। कार्यक्रममा बोल्दै जनरल अल अन्सारीले सम्झौता फिफा वर्ल्ड कप कतार २०२२ को सुरक्षा तयारीको महत्त्वपूर्ण चरणको कार्य भएको बताउनु भयो l उहाँले फिफासँगको नजिकको र रणनीतिक सहयोगबाट आफूहरू खुसी रहेको बताउनु भयो l

स्पानले “यो सबैका लागि एकदम महत्त्वपूर्ण दिन रहेको बताउँदै विशेष गरी सुरक्षा र सतर्कताको क्षेत्रमा विश्वकप मध्यकै उत्कृष्ट विश्व कपको रूपमा सम्पन्न हुने दिशामा महत्त्वपूर्ण कार्य भएको बताउनु भयो । अल अन्सारी र उहाँको टीमले गरेको कार्यको प्रशंसा गर्दै स्पानले विश्वकपलाई थप सुरक्षित बनाउने आधार तयार भएको बताउनु भयो l उहाँले यस वर्षको अन्तिममा हुने फिफा अरब कपबाट पनि धेरै कुराहरू सिक्न सकिने बताउनु भयो l

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button