कृषिलाई व्यावसायिक बनाउन प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री नेपाली

पाेखरा न्यूज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली कृषिलाई आधुनिक एवम् व्यावसायिक बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव २०७८ का अवसरमा शुभकामना सन्देश जारी गर्र्दै उहाँले प्रदेश सरकारले जग्गा चक्लाबन्दी कार्यक्रमलाई निरन्तरता दिइ व्यावसायिक कृषि फार्म सञ्चालनलाई प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो ।

“कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण मार्फत् उत्पादन र उत्पादकत्व वृद्धि गरी स्वरोजगारका अवसर सिर्जना तथा खाद्य सुरक्षा र नागरिकको स्वास्थ्यको प्रत्याभूति गर्ने नीति प्रदेश सरकारको छ”, सन्देशमा भनिएको छ ।

हिलो खेल्ने, रोपाइँ गर्ने र दहीच्यूरा खाने दिनका रुपमा असार १५ गतेलाई मनाउने परम्परा छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button