कास्कीमा ८३ सहित गण्डकीमा थप ४२६ मा संक्रमण पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ४१ जना पुरुष तथा ४२ जना महिला गरी ८३ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार २९६ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ४२६ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ८३ सहित म्याग्दीका ४२ जना, पर्वतका ६० जना, गाेरखाका २५ जना, लमजुङका ३४ जना तनहुँका ९४ जना, बाग्लुङका १८ जना स्याङ्जाका ३२ जना र नवलपुरका ३८ जना गरी प्रदेशका ९ जिल्लामा २१५ पुरुष तथा २११ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५५ हजार ७५० पुगेको छ। पछिल्लो २४ घण्टामा १८५ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ९१५ पुगेको छ ।

गण्डकीमा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ९४८ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button