इटली फाइनलमा प्रवेश, स्पेन बाहिरियो

पोखरा न्यूज । स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटली युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै इटाली  फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटमा र अतिरिक्त समयमा १-१ गोलको बराबरीमा खेल सकिएपछि पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।  खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई शुरुवाती  अग्रता दिलाएका थिए । खेलको ८०औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अल्भारो मोराटाले  गोल गर्दै स्पेनलाई खेलमा फर्काए ।

पेनाल्टीमा इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे भने म्यानुएल लोकाटेलीले गोल गर्नबाट चुके  । त्यस्तै  स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे भने डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन् ।

इटालीले उपाधिका लागि इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button