इतिहास रच्दै इंग्ल्यान्ड युरोकपको फाइनलमा प्रवेश

पोखरा न्यूज । डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनल खेलमा डेनमार्कलाई २-१ गोलले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा पुगेको हो।

निर्धारित  ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो जसमा इंग्ल्यान्ड बाजी मर्यो । निकै रोमान्चक खेलको ३०औं मिनेटमा डेनमार्कका मिकेल डाम्सगार्डले फ्रिकिक मार्फत गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ३९औँ मिनेटमा डेनमार्कले आत्मघाती गोल खाएपछी खेल १-१ गोलको बरबरीमा आयो ।

अतिरिक्त समयको १०४औं मिनेटमा इंग्ल्याण्डले पाएको पेनाल्टी डेनमार्कका गोलरक्षकले बचाए पनि रिबाउण्ड बलमा ह्यारी केनले गोल गरे । त्यसपछी डेनमार्क खेल फर्कन सकेन र युरोकप २०२० को सेमिफाइनलबाट बाहिरियो ।

अब उपाधिका लागि इंग्ल्यान्डले आइतबार राति इटालीसँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button