
पोखरा न्यूज । इंग्ल्यान्डलाई हराउँदै इटाली युरोकप २०२० को च्याम्पियन बनेको छ । लन्डनस्थित वेम्बली रंगशालामा गए राति १२:४५ मा भएको फाइनल खेलमा इटालीलाई पेनाल्टी शुट आउटमा ३–२ ले पराजित गर्दै इटाली च्याम्पियन बनेको हो ।
निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा टुंगिएपछि ३० मिनेट अतिरिक्त समय थप गरिएको थियो । थप गरिएको समयमा पनि दुबै टोलीले गोल गर्न नसक्दा खेल पेनाल्टी शुट आउटमा धकेलिएको हो ।
खेलको शुरुवाती २ औं मिनेटमै इंग्ल्यान्डका लुक शले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । उनले किएरन ट्रिपिएरको पासमा गोल गरेका हुन् । पहिलो हाफमा खेलमा फर्कने प्रयास गरे पनि इटालीले गोल गर्न सकेन । उत्कृष्ट लयमा देखिएको इटालीका लियोनार्दो बुनिचीले खेलको ६८ औं मिनेटमा गोल गर्दै टिमलाई १-१ गोलको बराबरीमा ल्याए ।
पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे भने आन्द्रे बेलोट्टी र जोर्गिन्हो गोल गर्नबाट चुके । इंग्ल्यान्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे र मार्कुस राषफोर्ड, जाडोन सान्चो र साका बाकुयोले गोल गर्न सकेनन् ।






Good