कास्कीमा १८२ सहित गण्डकीमा थप ३६० मा संक्रमण

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ८६ जना पुरुष तथा ९६ जना महिला गरी १८२ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १०० जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ३६० जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १८२ सहित म्याग्दीका ५ जना, पर्वतका १ जना, गाेरखाका ३९ जना, लमजुङका ९ जना, तनहुँका १७ जना, बाग्लुङका २६ जना, स्याङ्जाका २१ जना र नवलपुरका ६० जना गरी प्रदेशका ९ जिल्लामा १८३ पुरुष तथा १७७ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६० हजार ५१९ पुगेको छ। पछिल्लो २४ घण्टामा १७३ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५६ हजार ६९६ पुगेको छ ।

गण्डकीमा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार १४  पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button