एनआरएनएको विश्व सम्मेलन मिति सार्वजनिक, निर्वाचन अनलाइनबाट हुने !

दोहा, कतार । गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/आइसीसी) को १० औँ साधारण सभा आगामी अक्टोबर २३–२५ तारिकमा हुने भएको छ l सङ्घको हिजो सम्पन्न ७८ औँ बैठकले दसौँ एनआरएन ग्लोबल सम्मेलन र साधारण सभाको मिति तय गरेको हो।

बैठकले आगामी कार्यकालको लागि हुने निर्वाचन अनलाइन प्रणालीबाट सम्पन्न गरिने निर्णय गरेको छ l निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्क समेत शून्य कायम गरिएको सङ्घले जनाएको छ l यद्यपि १० औँ साधारण सभामा सहभागी हुने प्रतिनिधिको नाम प्रत्येक एनइसीको राष्ट्रिय महाधिवेशनले अनुमोदन गर्नु पर्नेछ ।

बैठकले सङ्घका अध्यक्ष कुमार पन्तको संयोजकत्वमा सम्मेलन आयोजक समिति समेत गठन गरेको छ। यसअघि निर्वाचनमा मलेसिया तथा मध्यपूर्वका प्रतिनिधिले १ सय र अन्य क्षेत्रका प्रतिनिधिले २ सय डलर सहभागी शुल्क तिर्नुपर्ने प्रावधान थियो ।

निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिए बमोजिमकै कायम गर्ने निर्णय गरेको छ। सङ्घको निर्वाचनसम्बन्धी नियमावली, एनआरएन फाउन्डेसन, आर्थिक नियमावली लगायतका विभिन्न १९ नियमावली संशोधन गरिएको सङ्घद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ l यस्तै बैठकले आर्थिक वर्ष २०७८-७९ को बजेट समेत पारित गरेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button