पोखरा आउदै गरेको बसबाट लागूऔषध सहित पर्वतका २ युवक पक्राउ

पोखरा न्यूज । बुटवलबाट पोखरातर्फ आउदै गरेको बसबाट प्रहरीले आज दिउसो पर्वतका दुई युवकलाई लागुऔषधसहित  पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्वतको कुश्मा नगरपालिका ५ का २६ वर्षीय बिकु मगर र २५ वर्षीय उमेश क्षेत्री रहेका छन् ।

दुबैजनालाई तनहुँको व्यास नगरपालिका २ दमौली भोर्लेटारचोकमा खटिएको प्रहरीको पिकेट डिउटीले यात्रु बाहक बस चेकजाँच गर्ने क्रममा लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट फेनेरागन ४६ एम्पुल, डाईजापाम ४६ एमपुल र नुरफिन ४६ एम्पुल गरी जम्मा १३८ एम्पुल फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्ष अरुण पौडेलले जानकारी दिनु भएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको पौडेलको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button