कारागारमा फैलियो कोरोना, ३ सय ५५ कैदी संक्रमित


पोखरा न्यूज । मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कारागारका ३ सय ५५ कैदीलाई कोरोना पोजिटिभ पृष्टि भएको छ ।

कारागारमा रहेका ९ सय ६९ कैदीमा कोरोना परीक्षण गर्दा सो सङ्क्रमण देखिएको हो । कारागारमा रहेको ब्लक(क) र ब्लक (ख) का कैदीलाई एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पोजिटिभ पृष्टि भएको कारागारका प्रमुख नारायण पाण्डेले जानकारी दिनुभयो ।

कोरोना पोजिटिभ देखिएका कैदीलाई कारगारको माथिल्लो तल्लामा स्वास्थ्य सावधानी अपनाइ अलग राखिएको बताइएको छ । साथै कारोना नभएका कैदीलाई तल्लोतलामा व्यवस्थापन गरिएको पाण्डेले बताउनुभयो ।

कारागारमा रहेका अधिकांश कैदीलाई कोराना खोप कोभिशिल्ड लगाइसकिएको भए पनि खोप लगाइएका र नलगाइएका दुवै समूहलाई कोरोना पोजिटिभ देखिएका छ । भीमफेदी कारागारबाट कैदीलाई नख्खु कारागारमा सार्ने क्रममा कोरोना परीक्षण गर्दा छ जनामा कोरोना पोजिटिभ देखिएपछि बैठक बसी कारागारका कैदीको बुधबार र बिहीबार परीक्षण गराउँदा कोरोना पोजिटिभ भएको मकवानपुर स्वास्थ्य कार्यालयका प्रमुख प्रणयकुमार उपाध्यायले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button