कक्षा १२ को परिक्षा स्थगित

पोखरा न्युज । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परिक्षा स्थगित गरेको छ ।

आज बसेको राष्ट्रिय परिक्षा बोर्डको बैठकले कक्षा १२ को परिक्षा स्थगित गर्ने निर्णय गरेको हो । कक्षा १२ को परिक्षा  साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुने पुर्व तालिका थियो ।

कोरोना संक्रमणको फैलावटलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button