कुवेतमा रहेका नेपाली कामदारले अब सजिलै खोप पाउने

तिलु शर्मा पौडेल, दोहा कतार । खाडी राष्ट्र कुवेतमा रहेका नेपाली कामदारहरुले सहज रुपमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन पाउने भएका छन् । कुवेतको स्वास्थ्य मन्त्रालयले केही समयको अन्तरालमा करिब ७० प्रतिशतलाई खोप उपलब्ध गराइने जनाएको छ ।

हाल दैनिकरुपमा १ लाखले फाइजर र अक्सफोर्ड, जोन्सन एन्ड जोन्सन खोप लगाइरहेको मन्त्रालयले जानकारी दिएको छ । कुवेतले नेपाल सहित भारत, पाकिस्तान, बगलादेश र श्रीलंकाकालाई उच्च जोखिमको सूचीमा राखेको छ ।

यी ५ देशका नागरिकलाई अर्को सूचना नभए म्म आफ्नो देशमा प्रवेशमा प्रतिबन्ध लगाएको छ । कुवेतको पछिल्लो निर्णयले नेपालबाट रोजगारीमा कुवेत जाने र घर फर्किने कामदारहरुलाई समस्या परिरहेको छ l

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button