कास्कीसहित गण्डकी प्रदेशमा कति जनामा पुष्टि भयाे काेराेना संक्रमण ?

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा १०८ जना पुरुष तथा ८९ जना महिला गरी १९७ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २५६ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ६८० जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १९७  सहित मुस्ताङका १ जना, म्याग्दीका १० जना, पर्वतका ८८ जना, गाेरखाका १२१ जना, लमजुङका २३ जना, तनहुँका ३४ जना, बाग्लुङका ८४ जना, स्याङ्जाका ६८ जना र नवलपुरका ५४ जना गरी प्रदेशका १० जिल्लामा ३५२ पुरुष तथा ३२८ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७३ हजार ८६१ पुगेको छ। पछिल्लो २४ घण्टामा ५१९ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६६ हजार ५७५ पुगेको छ ।

गण्डकीमा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार १५४ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button