‘क्युट’ गायक अर्जुन सापकोटाले तीजमा बास्ना छरे हरर (भिडियो सहित)

तिलु शर्मा पौडेल । महिलाहरूको पवित्र पर्व हरितालिका तिज आउन एक महिना बाकी रहेको छ । यही पर्वलाई लक्षित गर्दै दैनिक नयाँ नयाँ गीतहरू बजारमा आई रहेका छन् । तिजमा माइत आउँदा आफूले घर देशमा पाएको दुख पीडालाई गीत मार्फत अभिव्यक्त गर्ने संस्कार तथा प्रचलन यस पर्वले बोके पनि पछिल्लो साङ्गीतिक बजारमा ब्यबसायिक प्रतिस्पर्धाले यसको महत्त्वलाई छायाँमा पार्दै लगेको छ l

पछिल्लो समयमा आएका धेरै गीत भित्र थोरैले मात्र मौलिकतालाई निरन्तरता दिएको पाइन्छ l यही पर्वलाई लक्षित गर्दै युवा गायक तथा सर्जक अर्जुन सापकोटाले तिज गीत “बसाइ हाल्यो क्यारे हरर” बजारमा ल्याएका छन् l विशेष गरी युवतीहरू माझ “प्रिय चुलबुले’ र ‘क्युट” गायकको परिचय बनाएका सापकोटाले गीत मार्फत मायालुलाई नचाउने कोसिस गरेका छन् l आफनै युट्युब च्यानलबाट बजारमा आएको गीत तिजको भए पनि प्रेमिल लाग्दछ l आफ्ना हरेक सिर्जना जस्तै यो सिर्जनाले पनि सबैबाट माया पाउने आशा सापकोटाको छ l

चर्चित लोक दोहोरी गायिका देवी घर्ती मगर र स्वयम सापकोटाको आवाजमा सजिएको गीत शरद पाण्डेले लेखेका हुन् भने सङ्गीत सापकोटाकै रहेको छ l यज्ञ सापकोटा, सज्जन बोहोरा, रुबी सिंजाली र पेमा रानाले गायनमा साथ दिएका छन् । कृष्ण बिक ‘भान्जा’को सङ्गीत संयोजन रहेको छ । मारुनीमा रेकर्डिङ गरिएको गीतको ध्वनि मिश्रण कुमार रानाले गरेका हुन् l

भिडियोमा अर्जुन सापकोटा, शरद एलजी, अभिषेक गुरुङ, रुबिना अधिकारी नारायणी खत्री र सारिका केसीलाई गुरुआमा फिल्मसकी स्मृती तिमिल्सिना ‘गुरुआमा’ले आफ्नो कोरियोग्राफी तथा निर्देशन मार्फत नचाएकी छिन। प्रकाश धमलाले सम्पादन गरेको भिडियोलाई सुरेश श्रेष्ठले खिचेका हुन् l

भिडियो लिंकः 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button