नेपाली महिला समाज कतारको राष्ट्रिय भेला शुक्रबार

दोहा कतार । नेपाली महिला समाज कतारले चौथो राष्ट्रिय महिला भेला आयोजना गर्ने भएको छ । नेपाली महिलाहरूको एक मात्र साझा संस्थाको रूपमा कतारमा यस संस्था परिचित छ ।

शुक्रबार सम्पन्न हुन लागेको कार्यक्रम अनलाइन प्रविधि (जुम) बाट हुने समाजकी महासचिव अम्बिका खत्रीले पोखरा न्यूजलाई जानकारी दिनु भयो । समाजले कतारमा रहेका सबै नेपाली दिदीबहिनीहरूलाई समेट्न कोसिस गरिरहेको खत्रीले बताउनु भयो । कुनै महिलालाई समस्या पर्दा हरेक किसिमको सहयोग गर्न समाज तत्पर रहेको खत्रीले भनाइ छ ।

प्रवासमा छौ र सबै एकै छाता मुनि समेटिदा समस्यालाई सजिलै चिर्न सकिने हुदॉ एकताबद्ध हुन समाजकी का.बा. अध्यक्ष अमिना खानले अनुरोध गर्नु भएकाे छ । उहाँले अधिवेशन गर्ने समय भए पनि कतारका धेरै नेपाली दिदीबहिनीहरु संस्था बाहिर रहेकोले सबैलाई समेट्न सकियोस् भन्ने हेतुले चौथो राष्ट्रिय महिला भेला आयोजना गर्न लागिएको बताउनु भयो ।

भेलाले नयाँ कार्यसमिति समेत चयन गर्नेछ । समाज कतारमा मात्र सिमित नभै मातृभूमिका हरेक दुख पीडामा पनि सहयोग गर्दै आइरहेको एक सामाजिक संस्था हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button