कतारमा प्रदेश नम्बर २ समन्वय परिषद् गठन

तिलु शर्मा पौडेल, दोहा कतार । कतारमा करिब डेढ सय सामाजिक संस्थाहरू रहेका छन् । देशको संरचना अनुसार प्रदेश स्तरीय संस्थाहरू पनि गठन भै रहेका छन् । यसै क्रममा कान्छो संस्थाको रूपमा “प्रदेश नम्बर २ समन्वय परिषद् कतार” को गठन गरिएको छ ।

प्रदेश नम्बर  २ मातहतका आठ जिल्लाका प्रतिनिधिहरूको संयुक्त पहलमा विशुद्ध सामाजिक भावनामा आधारित रही तदर्थ समिति गठन गरिएको हो । नवगठित तदर्थ समितिको संयोजकमा नियाज शेख सर्वसम्मत चयन हुनु भएको छ ।

त्यस्तै समितिको सह-संयोजक मोहम्मद मेराजुद्दीन, सचिव राज नारायण यादव, सह-सचिव मोहम्मद अलि हुसैन राईद, कोषाध्यक्ष मोहम्मद जाफर खान, सह-कोषाध्यक्ष कलाम हुसैन खान चयन हुनु भएको छ । सदस्यहरूमा जियाबाबू खान, अब्दुल गफुर अहमद, शेख जिक्रुल्लाह, मोहम्मद कसिन राईन, सञ्जय कुमार यादव, मनोज यादव, अब्दुल खालिक शेख, जिलानी साफी, अनवर अहमद खान, जियाबुल मुस्तफा, मोहम्मद जाबेद हुसैन, इरफान खान, मोहम्मद मन्नान, लाल बाबु राम, बबिता कर्ण, विजीलाल यादव, दिलीप मण्डल,दिनेश अरगरिया र मोहम्मद तारिफ हुसैन देवान चयन हुनु भएको छ ।

समितिले विधान लगायतका विविध कार्यहरू सम्पन्न गरी छिट्टै पहिलो अधिवेशन गर्ने तयारी समेत गरेको संयोजक नियाज शेखले पोखरा न्यूजलाई जानकारी दिनु भएकाे छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button