ग्लोबल एनआरएन सिंगिङ आइडलमा उत्कृष्ट २० छानिए

तिलु शर्मा पौडेल, दोहा कतार । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएका प्रतिभाहरु मध्येबाट उत्कृष्ट २० छानिएका छन् । ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेसन सिजन–१ को गाला राउन्डको दोस्रो चरणबाट उत्कृष्ट २० जना छनौट भएका हुन् ।

उत्कृष्ट २० मा युवराज गुरुङ (क्यानडा), बीबी मल्ल ठकुरी (कुवेत), नरेन्द्र मल्ल (कतार), सन्देश गुरुङ (अमेरिका), गोविन्द गुरुङ(कतार), आकाश न्यौपाने (जापान), कविता आरबिएम (युएई), वामदेव भाट (बहराइन), सुरेन घताङ ‘शिव’ (कोरिया), किशोर लम्साल(कतार) हुनुहुन्छ ।

त्यसैगरी कपिल पाइजा पुन मगर (आयरल्याण्ड), सागर विश्व सेञ्चुरी (कुबेत), दीपेश सिग्देल (नर्वे), राधिका कुमारी गोले (कोरिया), रामचन्द्र राई (कतार), अमित बिष्ट (युएई), कृष्ण खबास (युएई), प्रतिक सिडब्ल्यूए परियार (बहराइन), सतिश थापा (कतार) र रेशु स्याङ्दान (बहराइन) छनाैट हुनुभएकाे छ ।

एनआरएनए मध्यपूर्व युवा संयोजक राज रेग्मीको अध्यक्षतामा शुक्रबार सम्पन्न गाला राउन्डको दोस्रो चरणमा २५ जना प्रतिस्पर्धीले प्रस्तुति दिनुभएकाे थियाे । रेग्मीका अनुसार निर्णायकको मत ६० प्रतिशत र भोटिङ मार्फत प्राप्त ४० प्रतिशत मतका आधारमा प्रतिस्पर्धी छानिएकाे हाे । कार्यक्रममा संघका अध्यक्ष कुमार पन्तले नेपाली भाषा, कला र संस्कृति असाध्यै धनी रहेको बताउँदै यसलाई विश्वभरि फैलाउनका लागि दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूको भूमिका महत्वपूर्ण रहने बताउनु भयाे ।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय यूवा समतिले आयोजना गरेको कार्यक्रम डिजिटल अडिसन, ओपनिङ राउन्डको अन्तरा, सारेगम र पियानो राउन्ड पार गर्दै छनोट भएका २५ जना मध्येबाट ‘गाला राउन्ड’को दोस्रो चरणमा २० जना छानिनु भएकाे हाे। निर्णायकहरू गायक उदय सोताङ र विजय लामा तथा गायिका प्राश्ना शाक्य र सुनिता दुलाल रहनु भएकाे छ ।

ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्नुहुने छ भने दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जनाप्रतियोगीहरूलाई गीति एल्बममा गाउने अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button