गण्डकी प्रदेश समन्वय परिषद् कतारद्वारा गण्डकी हस्पिटललाई स्वास्थ्य उपकरण सहयोग

तिलु शर्मा पौडेल । गण्डकी प्रदेश समन्वय परिषद् कतारले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी हस्पिटल ) लाई स्वास्थ्य उपकरणहरू सहयोग गरेको छ । अस्पताल प्राङ्गणमा मंगलबार आयोजित एक कार्यक्रमका बिच ५ लाख ३७ हजार बराबरका सामाग्री हस्तान्तरण गरिएको हो ।

गण्डकी प्रदेश समन्वय परिषद् कतारका कार्यसमिति सदस्य नारायण ढुङ्गानाको सभापतित्वमा तथा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय कुमार खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो l कार्यक्रममा परिषद् कतारका विभिन्न तह तप्काका पदाधिकारी तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, डीन लगायत विभिन्न विशिष्ट व्यक्तिहरूको आतिथ्यता रहेको थियो l

कार्यक्रम मार्फत अस्पतालको प्रतीक्षा क्षेत्रका लागि ३० वटा कुर्ची, १५ ओटा व्हिल चेयर र चार थान स्ट्रेचर सहयोग गरिएकाे हो l कार्यक्रममा बोल्दै मन्त्री खड्काले परदेशमा बचेको समयबाट आफ्नो प्रदेशको लागि पेट काटेर गर्नु भएको सहयोगको उच्च प्रशंसा गर्नु भयो l

साे संस्थाले आर्थिक सङ्कलन अभियान सुरु गरेको र सङ्कलित रकमबाट नै सहयोग गरिएको परिषद् कतारका अध्यक्ष राकेश श्रेष्ठले पोखरा न्युजलाई जानकारी दिनु भयो l परिषद् कतारका संस्थापक सचिव रमेश पौडेलले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति ढुङ्गानाले गण्डकी प्रदेश भित्रका सबै जिल्ला सस्थाहरुको एकजुटतामा अभियान सफल भएको बताउँदै महामारीका बिच पनि उपस्थित सबै प्रति कृतज्ञता प्रकट गर्नु भएको थियो l

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button