कुवेतले नेपालीमाथिको प्रतिबन्ध हटायो

 उडान तालीका अनिश्चित !

दोहा कतार ।  गत साउन २१ गतेदेखि नेपाल कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको उच्च जोखिममा रहेको भन्दै नेपालीलाई आफ्नो मुलुक प्रवेशमा अनिश्चितकालका लागि रोक लगाएको कुवेतले प्रतिबन्ध हटाएको छ ।

कुवेतले नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काकालाई उच्च जोखिमको सूचीमा राख्दै चिकित्सक, कूटनीतिज्ञ तथा कोभिड समितिले अनुमति पत्र प्रदान गरेका व्यक्तिबाहेकलाई प्रवेश अनुमति रोकेको थियो ।

कुवेतमा रहेका आप्रवासीमध्ये दक्षिण एसियाका नागरिक बढी रहेको भन्दै उनीहरूलाई लामो समयसम्म रोक्न नसकिने बताइएको छ ।कुवेत सरकारको निर्णयले नेपालबाट वैदेशिक रोजगारीका लागि कुवेत जाने र रोजगारीबाट फर्किने कामदारहरूलाई सहज हुनेछ ।

नेपालबाट जाने कामदार वा यात्रुले सिनोफार्म, सिनोभाक एण्ड स्पुत्नीक, फाइजर बायोनटेक, अक्सफोर्ड एक्ष्ट्राजेनेका, मेडेर्ना र जोन्सन एण्ड जोन्सन खोप मध्ये कुनै एक खोपको मात्रा पूरा गरेको हुनुपर्ने सर्त तोकिएको छ । प्रतिबन्ध हटाउने निर्णय भए पनि उडान शुरु हुने मिति भने ताकिएको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button