ग्लोबल एनआरएन सिंगिङ आइडलमा छानिए उत्कृष्ट १५

तिलु शर्मा पौडेल, दोहा कतार । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएका मध्ये उत्कृष्ट १५ छनौट भएका छन् । ‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेसन सिजन–१ को गाला राउन्डको दोस्रो चरणबाट उत्कृष्ट १५ जना छनौट भएका हुन् ।

गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा समितिले आयोजना गरेको यस प्रतिस्पर्धा भर्चुअल रूपमा चलिरहेको छ l निर्णायकहरू गायक उदय सोताङ र विजय लामा तथा गायिका प्राश्ना शाक्य र सुनिता दुलालको ६० अङ्क र ४० प्रतिशत दर्शकको भोट मार्फत प्राप्त नतिजाबाट १५ जना उत्कृष्ट प्रतिस्पर्धी छानिएका हुन् ।

उत्कृष्ट १५ मा युवराज गुरुङ (क्यानडा), बीबी मल्ल ठकुरी (कुवेत), नरेन्द्र मल्ल (कतार), सन्देश गुरुङ (अमेरिका), गोविन्द गुरुङ (कतार), आकाश न्यौपाने (जापान), कविता आरबिएम (युएई), सुरेन घताङ ‘शिव’ (कोरिया), कपिल पाइजा पुन मगर (आयरल्यान्ड), सागर विश्व सेन्चुरी (कुवेत), रामचन्द्र राई (कतार), कृष्ण खवास (युएई), प्रतीक सिडब्ल्यूए परियार (बहराइन), सतिश थापा (कतार) र रेशु स्याङ्दान (बहराइन) ) रहेका छन् ।

एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार निर्णायकको मत र भोटिङमार्फत प्रतिस्पर्धीहरूलाई अघिल्लो चरणका लागि अघि बढाइएको हो । एनआरएनए मध्यपूर्व युवा संयोजक राज रेग्मीको अध्यक्षतामा शुक्रवार सम्पन्न गाला राउन्डको तेस्रो चरणमा २० जना प्रतिस्पर्धीले प्रस्तुति दिएका थिए ।

विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यसै गरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौँ पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button