इतु र प्रतिमाको सहकार्यमा ‘घटना घटाउ’ गीत तयार (भिडियो)

राजाराम पौडेल । गायिका इतु जोजिजू र गीतकार प्रतिमा श्रेष्ठको सहकार्यमा ‘घटना घटाउ’ बोलको गीत तयार भएको छ । गीतमा गायिका इतु जोजिजूको सुमधुर आवाज सुन्न पाइन्छ ।

प्रतिमा श्रेष्ठले रचना गरेको गीतलाई जीवन्तता दिन अनिल शाहीको संगीतले थप मद्दत गरेको छ । गीतलाई सञ्जिव पलले एरेन्ज गर्नुभएको हो । जेई स्टुडियो पोखरामा रेकर्ड भएको गीत व्ल्युवेरी रेकडिङ स्टुडियो काठमाण्डौमा मिक्सिङ गरिएको हो ।

गीतको भिडियोलाई आर्कषक बनाउन खोजिएको छ । गीतकार श्रेष्ठको निर्देशनमा भिडियो तयार भएको हो । भिडियोमा गायिका इतु जोजिजू, रचनाकार प्रतिमा श्रेष्ठ र संगितकार अनिल शाहीकै अभिनय हेर्न पाइन्छ । मिडिया ल्याण्डको प्रस्तुतिमा बनेको भिडियो निर्माणमा संयोजन विवेक कर्माचार्यले गर्नुभएको हो ।

समिर सिंह, सञ्जिव पल र विवेक कर्माचार्यको छायाकंन तथा समिर सिंहको सप्पादनमा भिडियो तयार भएको हो । ड्रोन अपरेटरको जिम्मा सकिर सिंहले पूरा गर्नुभएकाे छ । गीत प्रतिमा श्रेष्ठ युट्युब च्यानल मार्फत हालै सार्वजनिक गरिएको हो ।

गीतलाई हेरेर र सुनेर प्रतिक्रिया दिन गायिका जोजिजू र गीतकार श्रेष्ठले सबैमा आग्रह गर्नुभएको छ । दर्शकको सकारात्मक प्रतिक्रिया पाएको कारण उहाँहरु उत्साहित बन्नुभएको छ ।

भिडियो लिंकः https://youtu.be/E7z9ZA3QjzY

 

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button