गौरिका सिंहलाई कोरोना संक्रमण

पोखरा न्यूज। नेपालका लागि दुई पटक ओलम्पिक खेलिसकेकी पौडीबाज गौरिका सिंहलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

गौरिकाले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना संक्रमण भएको र १० दिनयता आइसोलेसनमा रहेको जानकारी दिनुभएको छ  ।

सिंहले आफूले कोरोनाको दुवै डोज खोप लगाए पनि संक्रमित भएको बताउनु भएको छ। गौरिकाका अनुसार उनलाई कोरोना संक्रमणको कुनै पनि लक्षण देखिएको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button