नेपालको यू-१९ विश्वकप खेल्ने सपना अधुरै

पोखरा न्यूज। नेपालको यू-१९ राष्ट्रिय क्रिकेट टोलीले अर्को वर्ष वेस्टइन्डिजमा हुने यू-१९ एकदिवसिय विश्वकप खेल्न नपाउने निश्चित भएको छ ।

आउँदो सेप्टेम्बर महिनामा हुने भनिएको यू-१९ एसिया छनोट कोरोना कारण रद्द भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले कोभिडको कारण देखाउँदै यू-१९ एसिया, अमेरिका र इएपिए क्वालिफायर रद्द भएको जनाएको छ ।

आईसीसी डेभलपमेन्ट कमिटी र आईसीसी बोर्डले स्वीकृत गरेको गाईडलाइन्स अनुसार यी तीन छनोट आयोजना गर्न नसकिने आईसीसीले विज्ञप्तीमार्फत जनाएको छ ।

यू-१९ एसिया छनोट नहुने भएपछि पछिल्लो पाँच विश्वकप छनोटको आधारमा एसिया यू-१९ छनोटबाट युएईले सिधै यू-१९ विश्वकपमा स्थान बनाएको छ ।

अमेरिका छनोइ एटटर्फबाट क्यानडा र इएपिए छनोटबाट पपुपा न्युगिनी २०२२ को यू-१९ विश्वकपमा स्वत छनोट भएका छन् । आइसिसीले पछिल्ला पाँच यू-१९ विश्वकप छनोटको प्रदर्शन हेर्दा टोली छनोट गरेको जनाएको छ ।

आयोजना हुने भनिएको एसिया छनोटमा नेपाल, यूएई, कुवेत, मलेसिया, सिंगापुर र ओमान थिए । पछिल्ला पाँच संस्करणमा यूएई र नेपालले दुई-दुई पटक विश्वकप सहभागिता जनाएका थिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button