कोरोनाले मालपोत कार्यालय स्याङ्जा बन्द

पोखरा न्यूज।  मालपोत कार्यालय स्याङ्जा स्याङ्जाका कर्मचारीमा कोभिड–१९को सङ्क्रमण देखिएपछि कार्यालय बन्द गरिएको छ ।

कार्यालयमा रहेका १२ कर्मचारीमा एण्टिजिन परीक्षण गराउँदा पाँचमा कोभिड– १९ पुष्टि भएपछि बुधबारदेखि सम्पूर्ण सेवा बन्द गरिएको कार्यालय प्रमुख रवीन अधिकारीले बताउनुभयो ।

कर्मचारीमा ज्वरो आउने, जिउ दुख्ने, रुघाखोकी लाग्नेजस्ता लक्षण देखिएपछि स्थानीय प्राथमिक अस्पतालमा परीक्षण गराउँदा सङ्क्रमण पुष्टि भएकाले जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा कार्यालय बन्द गरिएको उहाँको भनाइ थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button