नेपाली श्रमिक कल्याणकारी सङ्घ कतारको सचेतना कार्यक्रम

तिलु शर्मा पौडेल, दोहा कतार । नेपाली श्रमिक कल्याणकारी सङ्घ कतारले कामदारको स्वास्थ्य तथा सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम कान्तिपुर मेडिकल सेन्टरसँगको सहकार्यमा सम्पन्न भएको हो ।

कार्य क्षेत्रमा मात्र सुरक्षा भएर हुँदैन, मानवीय जीवनका हरेक पलपलमा सुरक्षा र स्वास्थ्यको महत्त्व रहने कार्यक्रममा सहभागीहरूले बताउनु भयो । सचेतना कार्यक्रम एकल रूपमा गर्न असम्भव रहेको हुदॉ सबैले मिलेर नै गर्नु पर्ने वक्ताहरूको भनाइ रहेको थियो । कान्तिपुर मेडिकलका बजार प्रबन्धक विशाल खतिवडाले स्वास्थ्य र सुरक्षा परिपूरक रहेको हुदॉ आफूले आफैलाई स्वस्थ राख्न अनुशासित जीवन शैलीको पालना गर्नु पर्ने बताउनु भयो ।

कतारमा कामदारहरूले पर्याप्त मात्रमा स्वास्थ्यमा ध्यान नदिदॉ विभिन्न रोगले ग्रसित हुने गरेको कान्तिपुर मेडिकलका फ्यामिलि मेडिसिन स्पेलिस्ट डा. प्रकाश पुन मगरले बताउनु भयो । उहॉले मिर्गौला रोगका धेरै बिरामी बढन लागेको प्रति चिन्ता व्यक्त गर्दै आफ्नो स्वास्थ्यलाई आफैले माया गर्नु पर्ने र अनावश्यक चिन्ता नलिन सुझाव दिनु भएको थियो ।

एनआरएनए कतारका कार्यवाहक अध्यक्ष जेबी राई लगायत विभिन्न व्यक्तित्वहरूको विशेष आतिथ्यता रहेको कार्यक्रम सङ्घका अध्यक्ष तिल विक्रम मगरको सभापतित्वमा सम्पन्न भएको हो ।

सङ्घका महासचिव मिलन विश्वकर्माले सहजीकरण गर्नु भएको कार्यक्रममा विशिष्ट अतिथिहरूलाई आयोजकले मायाको चिनो र सम्मान पत्रले सम्मान गरेको थियो । कार्यक्रम भौतिक र भर्चुअल रूपमा सम्पन्न भएको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button