तमु समाज कतारद्वारा तमु धिंलाई आर्थिक सहयोग हस्तान्तरण

तिलु शर्मा पौडेल, दोहा कतार । तमु (गुरुङ) समाज कतारले विभिन्न क्षेत्रमा आफ्ना गतिविधि तथा क्रियाकलापहरूलाई सक्रियताका साथ अगाडि बढाउँदै विभिन्न सहयोग गर्दै आइरहेको छ । पछिल्लो समय कोरोना कहरमा पनि संस्थाले आफूलाई अग्रपङ्क्तिमा राख्दै स्वदेशमा सहयोग रकम पठाएको छ ।

समाजले पोखराको नयाँ बजारमा अवस्थित निर्माणाधीन तमु धि नेपालको भवन निर्माण तथा तमु संस्कृति झल्कने प्रवेशद्वार बनाउन आर्थिक सहयोग गरेको छ । समाज कतारका निवर्तमान सहसचिव पदम गुरुङ, महिला सदस्य माया गुरुङ, संस्थाका सदस्यद्य भेष गुरुङ र उत्तम गुरुङको उपस्थितिमा एक कार्यक्रमका बीच समाज कतारका तर्फबाट १ लाख १२ हजार ५ सय १२ रुपैयाँ तमु धि का केन्द्रीय अध्यक्ष हुम गुरुङलाई हस्तान्तरण गरिएको हो ।

तमु धिँको हालको भवनलाई गुरुङ सङ्ग्राहलय बनाउने योजना रहेको कार्यक्रममा जानकारी दिइयो । हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले दोहामा रहने सबै तमु तथा गैरतमु दाजुभाइ तथा दिदीबहिनीहरुलाइ सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको तमु समाज कतारका अध्यक्ष खुसीमान गुरुङले पोखरा न्यूजलाई जानकारी दिनु भयो ।

उक्त अभियानमा सहभागी भइ सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी दाजुभाइ तथा दिदीबहिनीहरुलाई तमु(गुरुङ) समाज कतारले समेत संस्थागतरुपमा धन्यवाद ज्ञापन गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button