कास्कीसहित गण्डकीमा आइतबार कतिमा पुष्टि भयाे काेराेना ?

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ३४ जना पुरुष तथा १९ जना महिला गरी ५३ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९६२ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप २३० जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ५३ सहित म्याग्दीका २० जना, पर्वतका १७ जना, गाेरखाका १३ जना, लमजुङका १६ जना, तनहुँका ११ जना, बाग्लुङका २१ जना, स्याङ्जाका ४१ जना र नवलपुरका ३८ जना गरी प्रदेशका ९ जिल्लामा गरी ११५ पुरुष तथा ११५ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८१ हजार १०८ पुगेको छ। पछिल्लो २४ घण्टामा ५०४ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७६ हजार ४०० पुगेको छ ।

गण्डकीमा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २९० पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button