मदिना र संस्कारलाई मिस्टर एण्ड मिस एसईई कास्कीको उपाधि

राजाराम पौडेल । पहिलो संस्करणको मिस्टर एण्ड मिस एसईई कास्कीको उपाधि मदिना पौडेल र संस्कार गुरुङले हात पार्नु भएकाे छ । विट्स इभेन्ट प्रालिले एसईई दिएका विद्यार्थीलाई लक्षित गरेर यो प्रतियोगिताको आयोजना गरेको थियो । एसईई दिएर बसेका विद्यार्थीको नेतृत्व तथा व्यक्तित्व विकास गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक विट्स इभेन्टका प्रोप्राइटर डिजे सस्पोइजनले पोखरा न्यूजलाई जानकारी दिनुभयो ।

प्रतियोगितामा १५ जना विद्यार्थीले सहभागिता जनाएका थिए । उनीहरुमध्येबाट उत्कृष्ट ७ छनोट गरी फाइनल प्रतिष्पर्धा गराइएको आयोजकको भनाइ छ ।

उपाधि विजेता दुवैजनाले नगद २५ हजार रूपैंयासहित स्विस इन्टरनेशनलको होलिडे प्याकेज, एसओएस पोखरा भ्यालिको ब्रान्ड एम्बेसडर, न्यु ग्यालेक्सी माविमा पूर्ण छात्रवृत्ति, फोटोसुट तथा भिडियो पोर्टफोलियो सुटको अवसर पाउनु भएकाे छ ।

प्रतियोगिताको कोरियोग्राफरको जिम्मेवारी सपना कार्की र अनिमेश श्रेष्ठले पुरा गर्नुभएको हो ।प्रतियोगीलाई कुल २९ दिन तालिम प्रदान गरिएको थियो । स्विमिङ क्लास, टेवल म्यानर क्लास, फोटो सुट, फिल्ड भिजिट, र्‍याम्प वाल्क ट्रैनिङ सहित नेतृत्व तथा व्यक्तित्व तालिम प्रदान गरेर अन्तिम प्रतिस्पर्धामा उतारिएको आयोजककाे भनाइ छ ।

हालै पोखरामा सम्पन्न भएको प्रतियोगिताको निर्णायकमा महिला उद्यमी मिलन थापा र सेन्टर फेसन हवका फाउण्डर दीपक न्यौपाने रहनुभएको थियो । पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलको प्रमुख आतिथ्यतामा भएको फाइनल कार्यक्रमको आर्कषणको रुपमा गायिका प्राप्ती तुलाचनको गायन प्रस्तुति समेत रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button