घरमा आगलागी हुँदा लमजुङका एक दम्पत्तिको मृत्यु

पोखरा न्यूज। लमजुङको मस्र्याङ्दी गाउँपालिका–९ सेग्ले सिमपानीमा एक घर आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ । घरमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उहाँकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गएराति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आगलागीका कारण यही हो भन्न नसकिएपनि उनीहरू दुवै जना बढी मादक पदार्थ सेवन गर्ने र ग्यासबाट चुरोट सल्काउने गर्दथे । समयमा ग्यास लिग भएर आगलागी भएको हुनसक्छ । बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०र१५ दिनअघि मात्रै दुवै जना सुधार केन्द्रमा बसेर घर आएको थिए ।”

ढुङ्गामाटाको गाह्यो र जस्तापाताको छानो भएको धन्सार जस्तो एकतले घर सबै जलेर नष्ट भएको छ । घरभित्र रहेको केही पनि सामान नकाल्न नभ्याएको प्रहरीले जनाएको छ । त्यहाँका घरहरू पनि टाढाटाढा छन् ।

प्रहरीलाई ढिलो खबर भएको र ढिलो पुगेकाले घटना घटी सकेको प्रहरीले जनाएको छ । के कति भौतिक क्षति भयो भन्नेबारे यकिन भइ नसकेको प्रहरी हवल्दार गुरुङको भनाइ छ । पेशाले धर्मराज पूर्वगोरखा सैनिक रहेको र छोराछोरी कोही नभएको स्थानीयको भनाइ छ । रासस

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button