स्क्रब टाइफसबाट ४ को मृत्यु, सतर्क रहन आग्रह

पोखरा न्यूज। काभ्रेमा स्क्रब टाइफसका कारण पछिल्लो दुई सातामा ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३ बालबालिका र एक ज्येष्ठ नागरिक छन् ।

धुलिखेल अस्पतालका बालरोग विशेषज्ञ डा. अनिश जोशीका अनुसार केही दिनयता अस्पतालको बालरोग विभागमा मात्रै दिनहुँ ३–५ जनासम्म स्क्रब टाइफसका बिरामी आउने गरेका छन् ।

स्क्रब टाइफस वर्षा मौसममा अत्यधिक फैलने भएकाले सजक रहन र ज्वरो आए समयमै उपचार गर्न चिकित्सकले आग्रह गरेका छन् ।

के हाे स्क्रब टाइफस ?

धेरै सरुवा रोगहरु मध्येको एक हो स्क्रब टाइफस। यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ। यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ। माइट प्रायजसो झाडी, खेतबारी, वनजगंल, घर वरपरको झाडी तथा घुरान हुने ठाँउमा देखिने गर्दछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button