दुबईले गर्‍यो सबै प्रकारका भिसा खुल्ला

तिलु शर्मा पौडेल, दोहा कतार । मध्यपूर्वको खाडी राष्ट्र युएई (दुबई) ले नेपाल सहित सबै देशबाट वैदेशिक रोजगारी, भ्रमण तथा पारिवारिक भिसा लगायत सबै भिसा खुला गरेको छ । हिजोदेखि लागू हुने गरी विश्वका सबै मुलुकका नागरिकहरूका लागि इम्प्लाईमेन्ट, टुरिस्ट र पारिवारिक भिसा खुला गरेको जनाइएको छ ।

युएईले नेपालसहित बङ्गलादेश, कङ्गो, भारत, नामिविया, नाइजेरिया पाकिस्तान, सियरा लियोन, श्रीलङ्का, दक्षिण अफ्रिका, युगान्डा, भियतनाम र जाम्बियाका नागरिकलाई युएई प्रवेशमा लामो समयदेखि रोक लगाएको थियो ।

युएई यात्रा गर्ने विदेशी यात्रुले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले प्रमाणित गरेको कुनै पनि खोप लगाएको, उडान भर्ने बेला अनिवार्य रुपमा विमानस्थलमा पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ, क्युआर कोड सहितको रिपोर्ट र युएईले प्रयोग गरिरहेको ‘अल होस्न’ एप्लिकेसनको आइसिए डाउनलोड गरी रजिस्टर्ड गरेको हुनुपर्ने सर्त तोकेको छ ।

कोरोना भाइरसविरुद्धको खोप लगाउनेको सङ्ख्या बढेको र सङ्क्रमणको दर कम भएपछि युएईले रात्रिकालिन गतिविधिहरूलाई पनि खुकुलो बनाउँदै लागेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button