समाचारसमाज

पहिरोले अवरुद्ध हेलम्बु राजमार्ग खुल्यो

पोखरा न्यूज। लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा अवरुद्ध हेलम्बु राजमार्ग दुई दिनपछि सञ्चालनमा आएको छ । मध्यान्ह १२.३० बाट पहिरो पन्छ्याएर सडक सुचारु गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिनुभयो ।

यसअघि मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो आइ सडक लगातार अवरुद्ध भएको थियो । अब मेलम्ची बजारसम्म बस सञ्चालन गर्न सकिने र तालामाराङसम्म बाटो सफा गर्न थालिएको मेलम्ची नगरपालिकाले जनाएको छ । रासस

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x