नेपाल र भारतबीचको खेलमा दर्शकसहित हुने

पोखरा न्यूज। नेपाल र भारतबीच हुने दुई मैत्रीपूर्ण खेलको पहिलो खेलमा दर्शकसहित खेलाइने भएको छ । तर त्यसका लागि भने दर्शकले केहि शर्त पूरा गरेको हुनुपर्ने बताइएको छ ।

दशरथ रंगशालामा बुधबार साँझ हुने पहिलो खेल हेर्नका लागि कोरोनाका दुवै खोप लगाएका वा पिसिआर परिक्षणबाट नेगेटिभ आएका लाई मात्र प्रवेश दिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । सरकारले तोकेको मापदण्ड पूरा गर्दै दर्शकलाई प्रवेश दिने गरि तयारी भइरहेको बताइएको छ ।

एन्फाले पहिलो खेलका लागि ५ हजार १ सय दर्शकको स्वीकृतिका लागि सरकारलाई प्रस्ताव गरेको अध्यक्ष शेर्पाले बताएका छन् । दर्शक प्रवेशका लागि रंगशालाका पाँच वटा गेट प्रयोग गरिने भएको छ ।

काठमाडौँ उपत्यका लगायत देशभर कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी राखेको छ। यो समयमा २५ जनाभन्दा बढी भेला हुन, सभा समारोह नगर्न अपिल गरिएको छ।

कोभिड १९ महामारीका कारण पछिल्लो समय खेलहरू बन्द रङ्गशालामा भएका थिए। यसअघि नेपाल सुपर लिग (एनएसएल) बन्द रङ्गशालामा भएको थियो भने त्यसअघि नेपाल, नेदरल्याण्डस र मलेसियाबिचको त्रिदेशीय क्रिकेट सिरिजका पछिल्ला खेलहरू पनि बन्द रङ्गशालामै सम्पन्न भएको थियो।

नेपालले भारतसँग भोलि (बिहीबार) पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल ५:३० बजे सुरु हुनेछ ।

यस्तै नेपालले भारतसँग दोस्रो खेल आइतबार खेल्नेछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो। साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।

नेपाल र भारतबीच ६ वर्षपछि दशरथ रंगशालामा खेल हुँदैछ । सन् २०१५ मा विश्व कप छनोटको दोस्रो खेलमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button