कास्कीमा १४७ सहित गण्डकीमा थप २३५ जनामा काेराेना संक्रमण पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ७३ जना पुरुष तथा ७४ जना महिला गरी १४७ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९९७  जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप २३५ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १४७ सहित म्याग्दीका २ जना, पर्वतका २ जना,  लमजुङका २५ जना, तनहुँका १३ जना, बाग्लुङका २ जना, स्याङ्जाका २८ जना र नवलपुरका १६ जना गरी प्रदेशका ८ जिल्लामा १२२ पुरुष तथा ११३ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८१ हजार ८१० पुगेको छ। पछिल्लो २४ घण्टामा २८८ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७७ हजार ३१० पुगेको छ ।

गण्डकीमा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३०० पुगेको छ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button