कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन हुने

पोखरा न्यूज। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ ।

कोरोना महामारीका कारण यसअघि स्थगन गरिएको परीक्षा भदौ ३० गतेदेखि देखि असोज ८ गतेसम्म सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम हुनेगरी सञ्चालन गर्न लागिएको हो ।

संगीत, ललितकला र संस्कृत विषय समूह तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गरी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी सञ्चालन गर्न लागिएको बोर्डले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button