आइसिसी वरीयतामा नेपाल एक स्थान तल झर्यो

पोखरा न्यूज। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि-२० आई वरीयतामा नेपाल एक स्थान खस्किएको छ ।

आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान खस्किदै १३ औं स्थानमा झरेको छ भने १२ औं स्थानमा आयरल्यान्ड उक्लिएको छ ।

आइसिसीका अनुसार नेपालको १९ खेलमा ३ हजार ५ सय ५६ प्वाइन्ट र १ सय ८७ रेटिङ अंक छ । यता, आयरल्यान्डको भने २३ खेलमा ४ हजार ३ सय ९ अंक र १ सय ८७ रेटिङ प्वाइन्ट छ । तर नेपाल एसोसियटतर्फबाट टि-२० वरीयतामा अग्रस्थानमा छ ।

नेपालको ओडिआई वरीयतामा भने १६ औं स्थानमा यथावत छ । नेपालको टि-२० आईमा उत्कृष्ट वरियता ११ औं स्थान छ । नेपाल २०१९ मा केहि समय टि-२० आई वरीयतामा ११ औं स्थानमा रहेको थियो ।

टी-ट्वान्टीको नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा पाकिस्तान रहेका छन् । चौंथो न्युजिल्याण्ड र पाँचौंमा दक्षिण अफ्रिका रहेको छ ।

त्यस्तै, अष्ट्रेलिया छैटौं, बंगलादेश सातौं, अफगानिस्तान आठौं, श्रीलंका नवौं र वेस्टइन्डिज दशौं स्थानमा छन् । जिम्बावे ११ औं स्थानमा छ । टि-२० आई वरीयतामा नेपालभन्दापछि १४ औं स्थानमा स्कटल्यान्ड, यूएई १५ औं, पपुवा न्युगिनी १६ औं, नेदरल्यान्ड १७ औं र ओमान १८ औं स्थानमा छन् ।

आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नका लागि नेपाली टोली हाल ओमानमा छ । त्यसअघि नेपालले पपुवा न्यु गिनीसँग दुई ओडीआई अन्तर्राष्ट्रिय खेल खेल्नेछ । नेपालल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म हुनेछ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button