अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बने रोनाल्डो

पोखरा न्यूज। विश्वकपको युरोपियन छनोट अन्तर्गत रिपब्लिक अफ आयरल्याणडविरुद्ध पोर्चुगलले २–१ को जित हात पारेको छ । रोनाल्डोले खेलको अन्त्यतिर गरेको दुई गोलमा पोर्चुगलले नाटकिय रुपमा २–१ को जित हात पारेको हो ।

सो क्रममा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । विश्वकपको युरोपियन छनोट अन्तर्गत रिपब्लिक अफ आयरल्याणडविरुद्ध दुई गोल गर्दै रोनाल्डोले इरानका अली देइको नाममा रहेको १०९ गोलको कीर्तिमान तोडे ।

रोनाल्डोले दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा गोलसंख्या १११ पु¥याएका हुन् । उनको पोर्चुगलका लागि व्यक्तिगत ११०औं र १११ औं गोल गरे । अली देइले सन् १९९३ देखि २००६ सम्म खेल्दै १०९ गोल गरेका थिए । रोनाल्डोले यसै वर्ष भएको युरोमा देइको कीर्तिमान बराबरी गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button