कास्कीगण्डकीगोरखातनहुँनवलपुरपर्वतबाग्लुङम्याग्दीलमजुङशिक्षा/स्वास्थ्यसमाचारस्याङ्जा

कास्कीसहित प्रदेशमा शुक्रबार कतिमा पुष्टि भयाे काेराेना ?

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ४७ जना पुरुष तथा ३८ जना महिला गरी ८५ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९७० जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप १५७ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ८५ सहित म्याग्दीका ५ जना, पर्वतका २ जना, गाेरखाका ९ जना, लमजुङका १० जना, तनहुँका १० जना, बाग्लुङका २ जना, स्याङ्जाका २१ जना र नवलपुरका १३ जना गरी प्रदेशका ९ जिल्लामा गरी ८३ पुरुष तथा ७४ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार १४९ पुगेको छ। पछिल्लो २४ घण्टामा ३४४ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७७ हजार ९२३ पुगेको छ ।

गण्डकीमा थप ५  जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३०६ पुगेको छ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x