तनहुँमा तास खेलिरहेका ९ जना नगदसहित पक्राउ

पोखरा न्यूज । तास खेलिरहेको अवस्थामा तनहुँमा ९ जना व्यक्ति पक्राउ परेका छन् ।

तनहुँको व्यास नगरपालिका ४ बस्ने मिन बहादुर गुरुङको घरमा तास खेलिरहेको अवस्थामा गुरूङसमेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गुरूङको घरमा जुवातास खेलिरहेको भन्ने खबर पाएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३८ हजार ४० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button