लिफ्ट मागेर चालकलाई ढुंगाले हानी पाैने १४ लाख लुट्ने श्रेष्ठ पक्राउ

पाेखरा न्यूज । लिफ्ट मागेर गाडी चालकलाई ढुंगाले हानी बेहोस बनाई लुटपाट गर्ने २ जनालाई प्रहरीले उदयपुरमा पक्राउ गरेकाे छ ।

उदयपुरकाे कटारी नगरपालिका ८ बर्मी स्थित जंगलमा लिफ्ट मागेकै गाडी चालकलाई ढुंगाले हानेर बेहोस बनाई लाखौ रुपैया लुटपाट गर्ने व्यक्ति २ घन्टा भित्रै प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने ओखलढुङगाकाे चिसंम्खु गाऊपालिका ३ का ५४ बर्षीय रमेश कुमार श्रेष्ठ रहेका छन् । मंगलबार बेलुका ५ बजे उदयपुर कटारी नगरपालिका ४ का २५ बर्षीय प्रकाश श्रेष्ठले चलाई ल्याएको प्रदेश नं २-०१-००१ च ०३६९ नम्बरको बोलेरोमा ओखलढुंङगा खाद्यान लगेर कटारी तर्फ आउने क्रममा रमेशले म पनि ब्यापारी हो समान लिन कटारी जाने भनि उक्त गाडीमा लिफ्ट मागी आएका थिए ।

आउने क्रममा बर्मी जंङगलमा पिसाव फेर्न बाहिर निस्किएका प्रकाशलाई रमेशले पछाडिबाट ढुङगाले गर्धनमा हानी बेहोस बनाई प्रकाशको साथमा रहेको रकम १३ लाख ७७ हजार ८ सय ९५ रुपैया र मोबाइल समेत लुटपाट गरी फरार भएका थिए ।

केही समय पश्चात होसमा आई प्रहरीलाई खबर गर्न साथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका ४ गबुवा जंगलबाट बेलुका ७ बजे लुटपाटमा संलग्न रमेशलाई लुटपाट गरेको नगद र मोबाईल सहित पक्राउ गरेको हो ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button