मोना कतारले आयाेजना गरेकाे वक्तृत्वकलामा उत्कृष्ट १२ छानिए

तिलु शर्मा पौडेल, दोहा कतार । कतारमा रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारले जिल्लामा सञ्चालन गरेको अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिताको पहिलो चरणको नतिजा सार्वजनिक गरेको छ l “कोरोना महामारी, यसले विभिन्न क्षेत्रमा पारेका प्रभाव र निराकरणका उपाय” शीर्षकको अन्तिम नतिजा प्रकाशन गर्दै पहिलो चरणबाट कुल १२ बिद्धार्थीहरू दोस्रो चरणमा प्रवेश गरेको सङ्घले जनाएको छ l

कुल २३ विद्यार्थीको भिडियो मार्फत उपस्थिति रहे पनि प्रतियोगितामा १८ जनालाई प्रतिस्पर्धीको रूपमा सहभागी गराइएको वक्तृत्वकला प्रतियोगिता आयोजक समितिका संयोजक थम कुमार गिरीले जानकारी दिनु भयो l

उत्कृष्ट १२ मा वेस्ट पोइन्टबाट शिल्पीका जिसी र प्रज्वल मल्ल, प्रकाश माविकी सिर्जना कटुवाल, जमुना खर्क माविबाट विनीता सुबेदी, बेनी सामुदायिक स्कुलकी सुमित्रा पौडेल, कैलाश मा.बि.दोवाबाट मेरीका चोचांगी, मुक्तिधाम माविकी बेबिना शाही, सर्वोदय मा.बी.बाट सुष्हाना पुन, श्री सरस्वती मा.बि.बाट सुजल कार्की, भीम मा.बि.देबिस्थानकी सुमिना पुन, म्याग्दी एकेडेमीबाट अनुज खड्का र जनप्रिय मा.बिबाट विजया शर्मा रहनु भएको छ l

आयोजक समितिले नतिजासहित दोस्रो चरणको प्रतिस्पर्धाका लागि “म्याग्दी जिल्लालाई विकसित बनाउन आवश्यक मुख्य आधार के के हुन ? प्रवासी म्याग्देलीहरुको संस्था मोनाबाट तपॉईहरुको अपेक्षा के छ? भनी प्रश्न समेत सार्वजनिक गरेको छ l

उक्त शीर्षकमा भदौ २६ गते साँझ ५ बजे सम्ममा ५ मिनेट नबढाई असम्पादित र मोबाइलबाट तेर्सो गरी खिचिएको भिडियो आयोजकले उपलब्ध गराएको गुगल फर्म या इमेलमा पठाउन सकिने जनाएको छ । भिडियो रेकर्ड गर्दा क्यामेरा बाहेक दायाँबायाँ तल माथि कहीँ हेरेमा वा कहीँ पढेको या साभार गरिएको जस्तो देखिएमा निणायकले नम्बर काटिने सङ्घका अध्यक्ष नरेन्द्र फगामीले पोखरा न्युजलाई जानकारी दिनु भयो l

प्रतियोगिताबाट सकारात्मक सन्देश जाने अपेक्षा मोना कतारले लिएको छ । प्रतियोगिताको निर्णायक मण्डलमा घनश्याम खड्का, रेखा कौसल रेग्मी, हरि प्रसाद सुबेदी, थम कुमार गिरी र विक्रम कार्की रहनु भएको छ । कार्की र गिरी कतारमा कार्यरत हुनुहुन्छ भने बाँकी सबै जिल्लाका प्रतिष्ठित व्यक्तित्वहरू हुनुहुन्छ । प्रतियोगिता ३ चरणसम्म भर्चुअल र फिनाले म्याग्दी सदरमुकाम बेनीमा प्रत्यक्ष गर्ने कार्य तालिका रहेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button