कास्कीमा ८१ सहित प्रदेशमा ११५ जनामा काेराेना पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ४९ जना पुरुष तथा ३२ जना महिला गरी ८१ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ११ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ११५ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ८१ सहित म्याग्दीका ७  जना, पर्वतका २ जना, गाेरखाका १ जना, लमजुङका ६ जना, तनहुँका ९  जना, स्याङ्जाका ४ जना र नवलपुरका ५ जना गरी प्रदेशका ८ जिल्लामा ६४ पुरुष तथा ५१ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८३ हजार १९९ पुगेको छ। पछिल्लो २४ घण्टामा २८१ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८० हजार ४२ पुगेको छ ।

गण्डकीमा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३२७ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button